सोलुखुम्बुको दुधकौशिका गाउपालिका प्रमुखमा माओबादी केन्द्रको अग्रता, मतगणना अझै जारी
छिरिङ शेर्पा , काठमाडौँ, १८ आषाढ ५:०० बजे बेलुकी ।
सोलुखुम्बुको दुधकौशिका गाउपालिकामा अहिले मत गणना जारी छ । भर्खरै प्राप्त जानकारी अनुसार सो स्थानमा गाउपालिकाको प्रमुख
माओबादी केन्द्रको उमेदबार असिम राईले २३१४ मत प्राप्त गरेक छन् त्यस्तै माओबादीकै उपप्रमुखकका उमेदबार झरना गिरिपुरीले १९९१
मत प्राप्त गरेकी छिन ।
नेपाली काँग्रेस तर्फका प्रमुख पदका उमेदबार हुत राज बस्नेतले १९४४ मत प्राप्त गरेका छन् भने उपप्रमुख पदका उमेदबार सबिना राईको
२१५८ मत आएको छ ।
सो स्थानमा प्रमुख पदका उमेदबार नेकपा एमालेका श्याम कुमार राईले १३१४ मत प्राप्त गर्दा एमाले उपप्रमुख पदकि उमेदबार कल्पना
बस्नेतले १७१३ मत प्राप्त गरेकी छिन ।