मिस नेपाल २०१७ निकिता चांडकको आत्मबिश्वास

छिरिङ शेर्पा , काठमाडौँ । मिस नेपाल २०१७ को उपाधि बिजेता मोरंगकि निकिता चांडक लगनशिलता, मेहनत र आत्मविश्वासले
नै आफु यो उपाधि जित्न सफल भएको बताउछिन ।

उच्च आत्मबिश्वासका साथ मिस नेपाल २०१७ मा सहभागी भएकी उनी अरुलाइ हराउने सोच भन्दा पनि बढी आफु जित्ने
सकारात्मक सोच राखेर प्रतिस्पर्धामा आइन र अन्ततः थुप्रै प्रतिस्पर्धीलाई पछाडी पार्दै बर्ष २०१७ को मिस नेपालको ताज आफ्नो
शिरमा सजाउन सफल भईन ।

सकारात्मक सोच , निरन्तर मेहनत र उच्च आत्म बिश्वास लिएर आगाडी बढेमा अगाडी आइ परेका हरेक चुनौती को पनि सामना गर्दै आफ्नो लक्ष्यमा सफलता प्राप्त गर्न सकिने मिस नेपाल चांडकको भनाइ छ ।