दोस्रो चरणको चुनाव स्वतन्त्र र निश्पक्ष रुपमा हुनु पर्नेमा केपी ओलीले जोड

छिरिङ शेर्पा, काठमाडौं । दोस्रो चरणको चुनावको मौन समयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको
आलोचना गरेका छन् । एमाले अध्यक्ष ओलीको एमाले पार्टी मुख्यालयमा विशेष पत्रकार सम्मेलन गरेको थियो ।
दोस्रो चरणको चुनाव स्वतन्त्र र निश्पक्ष रुपमा हुनु पर्नेमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले जोड दिए ।
बुटवलमा आइतबार आफू सहभागी भएको सभाको मञ्च पछाडि तीन वटा बम र एमाले उम्मेदवारको घर धरानमा बम भेटिएको
भन्दै ओलीले यसबारे सरकारको धारणा मागे ।
उनले अहिले ठाउँ ठाउँमा यसरी बम फेला परिरहेकोले राज्य आतंकित भएको भन्दै सुरक्षा स्थिती प्रति असतुन्ष्टि जनाएका थिए ।