Logo

सि. टि. एफ. द्वारा शैक्षिक तालिम सम्पन्न ।


 

 

छिरिङ शेर्पा, काठमाण्डौं । आज  नेपाल करिअर टेनिङ फाउन्डेशनले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । बसुन्धाराको दियालो क्याफेमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय जनाले सहभागीता जनाएका थिए ।

विगत दश वर्षदेखि मन्टेश्वरी तालिम तथा विद्यालय परार्मशको क्षेत्रमा सरकारी तथा गैह्र सरकारी क्षेत्रका साथै नेपालका विभिन्न निजी विद्यालयहरुमा गुणस्तरी व्यावस्थापन सम्बन्धी विभिन्न सेवाहरु प्रदान गर्दै आएको कुरा सि.टी.एफका प्रवन्ध निर्देशक बद्री प्रसाद दाहालले कलाखबरलाई बताए ।


विद्यालयको एकोहोरो पढाइले मात्र विद्यार्थीको भौतिक क्षमता वृद्धि नहुने भएकोले विभिन्न प्रयोगातमक सीप तथा गेम समेत आवश्यक रहेको प्रवन्ध निर्देशक दाहालले बताउनुभयो । साथै विद्यार्थीहरुको बौद्धिक क्षमता हुँँदाहुँदै पनि कहिले काँही शिक्षक वर्गले वुझाउन नसक्दा अपजस पाएको र त्यो प्रक्रिया नदोरियोस भन्ने उद्देश्यले समय समयमा यस किसिमका कलात्मक तालिम सञ्चालन गर्ने गरिएको संस्थाका कोडिनेटर रेखा हमालले बताउनुभयो ।

 

उपत्यका भित्रका  विद्यालयका सहभागीहरु मध्ये अधिकांश महिला शिक्षकहरु थिए । सबै सहभागीहरुलाई समुहमा विभाजन गरी प्रयोगात्मक तालिम दिएका थिए । यस किसिमका सीपमूलक तालिमले शिक्षकहरुमा नयाँ सृजना तथा उर्जा थपेको र यसले शिक्षण पेशामा टेवा मिलेको सहभागीहरुले बताए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्