Logo

गायिका विनिता राईको मनले खाएको जोडी


binita rai singer

binita rai singer

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बिहिबार,राजकुमार राई काठमाण्डौं । हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालले एक साँस्कृतिक कार्यक्रमका बीच प्रथम

महाधिवेशन गरेका थिए । सो कार्यक्रममा हजारौ दर्शक माझमा चोली राम्रो मखमलको, जोडी राम्रो मनले खाएको तथा आङ्गी र

पाङ्गे बोलको गीत विनिता राईले प्रस्तूत गरेकी थिईन्। करिब चार सय भन्दा पनि बढी गीतमा आफनो आवाज दिईसकेकी चर्चित

गायीका राईको सुमधुर गीत सुन्न हजारौ युवाहरु आतुर थिए । जब उद्घोषकले राईको नाम उद्घोष गर्दै थिए, हजारौ युवाहरु

तालीसंगै स्टेजमा उत्रिए । डी.बि. तामाङको शब्द संगीतले भरिएको दुईवटै गीतले वान्स मोर मात्र होईन हजारौ दर्शक थाम्न गायीका

राईलाई हम्मेहम्मे नै परेको थियो ।

binita rai singer
गायीका राईले पद्मकन्या कलेजबाट संगीत क्षेत्रबाटै उच्च शिक्षा हाशिल गरेकी हुन् । उदयपुर जिल्लामा जन्मिएकी गायीका वि.स.

२०६२ सालदेखि संगीत क्षेत्रमा लागेका थिए । राजधानीका थुप्रै हलहरु तथा देशविदेशमा समेत आफ्नो  प्रस्तूति दिन सफल

भईसकेकी गायीका हाम्रो भाका, हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम महाधिवेशनवाट केन्द्रिए सदस्य समेत निर्वाचित

हुन सफल भए ।

प्रतिक्रिया दिनुहोस्