Logo

लोक साँस्कृतिक प्रतिष्ठान नेपालको नयाँ केन्द्रिय कार्य समिति गठन


 राज कुमार राई  असार ३ ,काठमाण्डौं ।
हाम्रो भाका  हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले    रत्न पुलामी मगर  को अध्यक्षतामा १८ सदस्यीय  केन्द्रीय कार्यसमिति  आज निर्विरोध चयन गरेको छ । मगर  अघिल्लो कार्य समितिमा अध्यक्ष थिए भने कृष्ण रानाभाट सचिव थिए ।

नवनिर्वाचित  केन्द्रीय  कार्य समिति प्रथम उपाध्यक्षमा लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा पत्रकार नआनन्त प्रसाद अर्याल र महिला उपाध्यक्षमा  कमला पोखरेल तथा  कृष्ण रानाभाट महासचिव, पत्रकार राज कुमार राई  सचिव तथा  मेनुका  घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

पत्रकार छिरिङ मिङग्यूर शेर्पा , उत्सव वाग्ले, विनिता राई, डि.वि तामाङ, शर्मिला के.सी. थापा, राम चन्द्र घिमिरे,  राम हरि भण्डारी,  प्रकाश बराईली, सन्तोष दवाडी, भीम कुसारी केन्द्रिय  सदस्यमा  चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रतिष्ठानका अध्यक्ष रत्न पुलामी मगरले प्रमाण पत्र प्रदान गरेका थिए ।  

सो कार्यक्रममा  चर्चित गायीका विनिता राई , डि.वी तामाङ, शर्मिला के.सी. थापा, कृष्ण राना भाट जस्ता कलाकारहरुले वेजोड सांगीतिक प्रस्तुति दिएका थिए । साथै पाच पोखरी विद्यालयका कलाकारहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्