कलाकार कर्मा शेर्पाको राजनीतिक ईनिङ सुरु
छिरिङ शेर्पा, काठमाण्डौं । कला क्षेत्रमा आवद्ध भई कला र संस्कृतीको प्रबद्र्घन एवं विकासमा सक्रिय रहेका कलाकार कर्मा शेर्पा अब कला र संस्कृतीका साथ साथै गाउँ समाजको पनि बिकास गर्ने उद्देश्यका साथ सक्रिय रुपमा राजनीतिमा प्रवेश गरेका छन् । जन्तरखानी–९, ओखलढुंगामा २०४७ सालमा जन्मिएका शेर्पा संघीय समाजवादी फोरमबाट आसन्न स्थानीय तहको निर्वाचनमा सिद्धिचरण नगरपालिका वडा नं. ६ बाट वडा अध्यक्ष पदको उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा अगाडी सरेका हुन् ।
अभिनय कलामा दख्खल कलाकार कर्मा शेर्पा कलाकारिताको माध्यमबाटै शेर्पा समुदायको भाषा, संस्कार, संस्कृति संरक्षण र विकासमा जती सक्रिय छन् , समाजसेवामा उत्तिकै रुचि राख्छन् । आफूलाई कलाकारको रुपमा स्थापित गराएका उनले शेर्पा फिल्मस् प्रा.ली. का प्रबन्ध निर्देशक, शेर्पा पत्रकार संघ नेपालको संस्थापक सचिव तथा शेर्पाखबर डट कमका निर्देशकको जिम्मेवारी समेत सम्हालीरहेका छन्। यी जिम्मेवारी साथ साथै “समाज र राष्ट्रको विकासमा यूवाहरु नै अगाडी बढ्नु पर्छ ” भन्ने सन्देश प्रवाह गर्दै अब समाज र राष्ट्र विकासको जिम्मेवारी सम्हाल्न समेत तत्पर भई उनले राजनीतिक यात्रा शुरु गरेका छन् ।
कृषिमा आधुनिकीकरण, स्थानीय स्रोतको सहि परिचालन, पर्यटन प्रबद्र्धनmर जीवनस्तरमा सुधार जस्ता महत्वपूर्ण विषयलाई अगाडि प्रस्तुत गरेका कर्माले चुनावी घोषणा पत्रमा समावेश गरेका विकासका प्रचुर योजनाहरु यस्ता छन्
१) शिक्षा :
विद्यालयहरुलाई कम्तीमा कक्षा ८ सम्म सञ्चालनका लागि व्यवस्था मिलाउने , नियमित पठनपाठनको व्यवस्था मिलाउन, सम्पूर्ण विद्यालयहरुमा सुविधा सम्पन्न भौतिक पूर्वाधार, खानेपानी, विद्युत, पुस्ताकालय, कम्प्युटर र इन्टरनेटको समेत व्यवस्था गर्न गुरु योजना बनाई प्रक्रिया अघि बढाउने, वडा भित्र सञ्चालित २ वटा मावि (नवज्योती र जन्तरखानी) मध्ये एकलाई उच्च मावि र एकलाई प्राविधिक शिक्षा कक्षा सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउने , विद्यालय पोषाक, छात्रावृत्ति, झोला, स्टेशनरी लगायत वितरण गरी विद्यार्थी संख्या र टिकाउ दर बढाउने ।
२) सडक :
सिद्धिचरण राजमार्ग र शाखा सडक विस्तार तथा स्तरोन्न्ती गर्ने।
३) विद्युत :
लघु जलविद्युत थप उत्पादन गरि प्रसारण लाईन विस्तारका लागि पहल गर्दै विद्युतबाट सञ्चालन हुने साना घरेलु उद्योग सञ्चालन गर्ने ।
४) रोजगारी र आय आर्जन :
स्थानीय स्रोतको अधिकत् प्रयोग गरी आयआर्जनका लागि मार्ग प्रशस्त गरिने । जस अन्तर्गत ‘प्रत्येक घर–एक रोजगार र टोलटोलमा एक उत्पादन’ कार्यक्रम लागू गरि आयआर्जनका लागि मार्ग प्रशस्त गरिने । आधुनिक व्यवसायी कृषि प्रणाली लागू गरी आयआर्जन बृद्धि गर्ने । घरेलु, साना र लघु उद्योगहरु सञ्चालन गरी रोजगारीको अवसर सिर्जना गर्ने ।
५) स्वास्थ्य ः
स्वास्थ्य चौकीलाई आधुनिक प्रविधि र भौतिक पूर्वाधारले सम्पन्न गर्न कार्य अघि बढाउने । गाउँघर क्लिनिकको स्तरोन्नती, जनशक्ति र पूर्वाधारको व्यवस्था गर्ने । एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने । महिला स्वस्थ्य स्वयम सेवकको सुविधा वृद्धि र समय सापेक्षा विकासका लागि पहल गर्ने । आमा र शिशु स्वास्थ्य कार्यक्रम बनाई लागू गराउने । वडामा बिरामी सुत्ने वेड सहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने ।
६) कृषि, वन र वातावरण :
व्यवसायीक तरकारी खेती र नगदेबालीको संभव्य अध्ययन गरी कार्य अघि बढाउने । जन्तरखानी मा स्थापित आलू चिस्यान केन्द्रलाई सुविधा सम्पन्न बनाई सञ्चालनमा ल्याउने र विउ विजन संकलन केन्द्र स्थापना गर्ने । दलित वस्तीमा व्यवसायीक कृषि उपजका लागि दीर्घकालिन योजना बनाई लागू गर्ने । जन्तरखानी ९ मा जटीबुटी प्रशोधन तथा स्रोत सर्भेक्षण, नमुना स्रोत केन्द्र स्थापना गर्ने । सामुदायिक वनमा सदस्य हुन नपाएका उपभोक्तालाई समूहमा आबद्ध गराउन विशेष कार्यक्रम लागू गर्ने । सामुदायिक वनहरुमा वृक्षारोपन, सफाई, वनसँग सम्वन्धीत् योजना र कार्यक्रम बनाई लागू गर्ने । वनको हैसियत बृद्धिका लागि कार्य गर्ने । जटीबुटी खेतीका लागि विउ तथा विरुवा उपलब्ध गराउने र कृषकलाई अनुदानको व्यवस्था गराउने ।
७) भौतिक पूर्वाधार विकास र भूमि व्यवस्थापन :
गोरेटो बाटोहरुको स्तरोन्नती गर्ने र खोला तथा खोल्सीहरुमा आवश्यकता अनुसार काठेपुलहरु निर्माण गर्ने । वडामा नमुना सामुदायिक भवन निर्माण गर्ने र भएकाहरुको स्तरोन्नती गर्ने । नागरिक सचेतना केन्द्रको लागी बजेट व्यवस्था गर्ने । सार्वजनिक शौचालयहरु निर्माण गर्ने । जडिबुटी खेती प्रशोधनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने । खाली पाखा जग्गाहरुमा नगदे र जटीबुटी खेती विस्तार गरी सदुपयोगमा ल्याइने।
८) खानेपानी र सिँचाई :
पानीको मुहान पहिचान गरी नवज्योति मावि र छुटेका घरधुरीलाई खानेपानीको दिगो व्यवस्था गर्ने र साविकको खानेपानीको मर्मत गरी नियमित खानेपानी आपूर्तिका लागि व्यवस्था मिलाउने । संभाव्य क्षेत्रको अध्ययन गरी आधुनिक सिँचाईको व्यवस्था मिलाउने।
९) पर्यटन र सञ्चार :
विभिन्न पर्यटकीय पथमार्ग, होमस्टे र पर्यटन सूचना केन्द्र स्थापना गर्ने । तामाखानी क्षेत्रको प्रबद्र्धन र विकासलागि महोत्सव र प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गर्ने । तोलु गुम्बालाई पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास गर्न भौतिक पूर्वाधारको व्यवस्था गर्ने । टेलिफोन इन्टरनेट समेतको व्यवस्थासहित आधुनिक सञ्चारमा जोड्ने । भ्यू टावरको निर्माण गरिने ।
१०) युवा तथा खेलकूद :
रोजगार वृद्धिका विभिन्न तालिमहरु सञ्चालन गरी आयआर्जनका मार्ग पहिल्याउने। शिक्षीत बेरोजगार युवाहरुलाई प्राविधिक शिक्षा अध्ययनका लागि व्यवस्था मिलाउने । वडा तथा प्रत्येक विद्यालयहरुमा खेल मैदानको निर्माण गर्ने । नियमित खेलकूद गतिविधि , तालिम आयोजना र खेलकूद प्रतियोगिताहरु सञ्चालन गर्ने । यूवा मैत्री कार्यक्रमहरु लागू गर्ने ।
११) धार्मिक संस्था र संस्कृतीको सम्बद्र्धन :
धार्मिक सम्पदाहरुको मर्मत र पुनःनिर्माण गर्ने । वडाका सम्पूर्ण जातजातिको धार्मिक कार्यक्रम सञ्चालनका लागि आवश्यक भवन तथा पूर्वाधारको व्यवस्था गर्ने । प्रत्येक जातिको संस्कृतीक विकास र संस्कार निरन्तरताको लागि भेषभूषा, सामाग्री, पाठशालाहरु, भाषा कक्षाहरु व्यवस्था गर्ने ।
यी योजनाहरुका साथै २०७२ को भूकम्पका पीडितहरुले पाउने अनुदान व्यवस्था मिलाइने , विपद् व्यवस्थापनको पूर्व तयारी गरिने, दलित समुदायको परम्परागत पेशालाई आधुनिकीकरण गर्न आवश्यक उपकरण तथा अनुदानको व्यवस्था गर्दै परम्परागत पेशालाई थप पारिस्कृत गरी व्यवसायीक बनाउन नीति बनाई लागू गनर्,े प्रहरी चौकीलाई स्थायी गरी जनशक्ति बृद्धि गरिने जस्ता अन्य कार्ययोजनाहरुलाई पनि कर्माले आफ्नो चुनावी घोषणापत्रमा समेटेका छन् ।