Logo

सेन्चुरीको गीत ‘प्रेम रोग’ यूट्युब मार्फत सार्वजनिक (भिडियो सहित)


छिरिङ शेर्पा , काठमाडौँ । नब गायक मदन सेन्चुरीको गीत ‘प्रेम रोग’ यूट्युब मार्फत रिलिज भएको छ। यूवा गीतकार डि.पी खनालको शब्द रचना रहेको गीतलाई शँकर थापा स्माईलेले संगीत भरेका छन् भने उदयराज पौडेलले संगीत सँयोजन गरेका छन्।

प्रेममा हुने जालझेल र बिछोडको कथालाई निर्देशक भबिन्द्र तामाङ्ले कतारका विभिन्न रमणीय दृश्यहरुलाई सेमेटेर आफैंले छाँयाकन तथा सम्पादन गरेका छन्। भिडियोमा कतारमा रहेकी नेपाली मोडेल सपना,भिसन मगर र राजेन्द्र थापाले अभिनय गरेका छन्।सुफि शैलीमा बनेको यश गीतको अडियो, भिडियो डश म्युजिक प्रा.ली.मार्फत सार्बजानिक गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्