Logo

आलियाले भनिन्-‘चिन्ता नलिनुहोस्, म कतै जानेवाला छैन’


यो बर्ष नायिका आलिया भट्टले ‘राष्ट्रिय फिल्म अवार्ड’ जित्ने अपेक्षा धेरैको थियो । तर, उनले यो अवार्ड नजितेपछि विभिन्न खालका चर्चा भए । तर, आलियाले ‘लोकमत महाराष्ट्रियन अफ द इयर’को अवार्ड भने प्राप्त गरिन् । आलियाले यो अवार्ड प्राप्त गर्दा आफू निकै खुशी भएको र मानिसको मनमा आफू बस्न सकेको खुलाइन् ।

तर, ‘राष्ट्रिय फिल्म अवार्ड’ नजितेकोमा मिडियाले चिन्ता व्यक्त गरेका थिए । यसमा आलियाको जवाफ थियो-‘कृपया कसैले पनि दुःख नमान्नु होला । म कतै गएकी छैन, यहि नै छु । मसँग अझै पनि धेरै समय छ । मलाई राष्ट्रिय फिल्म अवार्ड नपाएकोमा कुनै दुःख लागेको छैन । हिन्दी र मराठी चलचित्रले यो अवार्ड पाएको हो ।

यसमा हामीले खुशी मनाउनुपर्छ ।’ उनले ‘लोकमत’ पुरस्कार जित्दाको पललाई महत्वपूर्ण भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्