धुर्मुस-सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान दिइने
वीरता जेसीज झापाले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ ।
झापा गौरादह घर भएका ख्यातिप्राप्त हास्य कलाकार धुर्मुस–सुन्तलीलाई भूकम्पपीडितको घर निर्माण अभियानमा अनुकरणीय योगदान गरेबापत उत्कृष्ट नागरिक सम्मानसँगै अभियानका लागि १० लाख रुपैयाँ सहयोग गर्न लागिएको नागरिक सम्मान समारोहका संयोजक विनोद बस्नेतले जानकारी दिए । आगामी वैशाख ३ गते विर्तामोडमा आयोजना हुने विशेष समारोहकाबीच उनीहरुलाई सम्मान गरिने छ ।
आयोजक समितिसहित झापाका उद्योगी, व्यवसायी, समाजसेवी, संघ संस्थाका प्रतिनिधिहरुको शनिबार विर्तामोडमा भएको बैठकले झापालीको तर्फबाट अभियानका लागि अधिकतम आर्थिक सहयोग जुटाउने निर्णय गरेको भएको छ ।
वीरता जेसीज र भूतपूर्व अध्यक्षहरुको अगुवाईमा हरेक वर्ष उत्कृष्ट कर्म गर्ने झापालीलाई उत्कृष्ट नागरिक घोषणा गर्दै सम्मान गरिँदै आएको छ ।