म्युजिक भिडियोमा जम्दै जिवन लामा

मकवानपुर जिल्लाको फापरबारी गा.वि.स.मा जन्मनु भएका हाँस्यब्याङग्य कलाकार तथा मोडल जिवन लामा यतिखेर आफ्नो अध्ययन तथा करिअरको डौडानसँगै मोडलिङ्गमा ब्यस्त हुन थालेका छन् । मिजासिलो ब्यवहार तथा सहयोगी भावना बोकेर अगाडी बढेका लामा अब भने आपm्नो कला र प्रस्तुतिले दर्शकको मनलाई जित्न थालेका छन् । सानै उमेरदेखि कलाकारीता क्षेत्र रोजेर आगाडी बढेका लामाले राजधानीका चर्चित विभिन्न नाचघर,प्रज्ञाभवन जस्ता हलहरुमा समेत आफनो प्रस्तुति देखाउन भ्याईसकेका छन् ।
आधा दर्जन भन्दा पनि बढी म्यूजिक भिडीयोमा अभिनय गरिसकेका लामाले फेरि पनि लगातार तीन वटा गीतमा अफर पाएका छन् । देवेन्द्र श्रेष्ठको संगीत संयोजन तथा अफ्सरा पराजुलिको शब्द रचना रहेको हरेक दिन पश्चिम पारी, एवम् सबिना के.सी. को शब्द रचना रहेको माथिमा पर्यो कोङ्डे है हिमाल तलमा लुक्ला गाउँ बोलको लोक गायक मन बहादुर कुलुङको गीत तथा मनिष श्रेष्ठको किन जिवनमा आयो बोलको तीन वटा गीतमा अफर पाएका छन् ।
त्यो म्यूजिक भियोलाई कोरियो ग्राफर मनिष श्रे्रष्ठले निदेर्शन गरेका छन् । ४० जनाको हाराहारीमा कोरस् राखेर सिन्दुपाल्चोक जिल्लाको सानो इलाम चिया बगान जस्तो प्रकृतिको काखमा छाँयाङ्कन गरिएका उक्त म्यूजिक भिडियो आफ्नो जिवनकै इतिहासमय बनेको लामा बताउँछन् । आफ्नो कला तथा धर्म संस्कृतिलाई बचाउँ गर्दै अब कलाकारीताको माध्यमबाट देशको शोभा बढाउने चाहाना रहेको उनि बताउछन् । मोडलिङ क्षेत्र तथा हाँस्यब्याङग्यबाट अगाडी बढेका लामा अब भने विस्तारै टेलिफिल्म तथा मुभि फिल्ममा समेत प्रवेश गर्ने चाहाना रहेको बताउ छन् ।